राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
४ पटक हेरिएको
Shares
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन

सारांश

  • २७ असार, काठमाडौं ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ ।
  • उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो ।

२७ असार, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ । उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो ।  राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न मन्त्रालय सम्हाली सकेका रोल्पाका घर्ती मगरको उपचारका क्रममा निधनको पुष्टि गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’ प्रवक्ता श्रेष्ठका अनुसार नेता घर्ती मगरसँग केही समयअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?