काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
१ पटक हेरिएको
Shares
काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश

सारांश

  • २५ असार, काठमाडौं ।
  • उच्च अदालतले काठमाडौं टावरको निर्माणको कामलाई निरन्तरता दिन आदेश दिएको छ।
  • लामो समयदेखि विवादमा रहेकाले जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

२५ असार, काठमाडौं ।

उच्च अदालतले काठमाडौं टावरको निर्माणको कामलाई निरन्तरता दिन आदेश दिएको छ। लामो समयदेखि विवादमा रहेकाले जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। गत सोमबार (असार २३ गते) बसेको न्यायाधीश प्रकाश खरेलको इजलासले कामलाई निरन्तरता दिन आदेश दिएको हो।

‘नक्सा पासको २०७२ भदौ ६ गते र २०८१ असोज २८ गते को अनुमति र निर्णय यथावत कायम नै रहेको हुँदा सम्झौता बमोजिम भवन कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको,’ आदेशमा भनिएको छ।  महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण काम नगर्न भनेर २०८१ माघ ९ गते पत्र लेखेको थियो। त्‍यसलाई कार्यान्वयन नगर्न पनि आदेश जारी गरेको हो।

महानगरपालिका र स्वच्छन्दबीच टावर निर्माण गर्न २०७१ फागुन २२ मा सम्झौता भएको थियो। महानगरबाट २०७२ भदौ ६ मा भूमिगत २ तला सहित १२ तलाको व्यावसायिक भवन निर्माण गर्न भनेर नक्सा पास भएको थियो। त्यसपछि २०८१ असोज २८ मा महानगरबाट निर्माण कम्पनीलाई तल्ला थप गर्ने अनुमति दिएर १९ तले भवन निर्माण गर्ने अनुमति दिइएको थियो। त्यसअनुसार कम्पनीले २ करोड ३० लाख २ हजार १२८ रुपैयाँ दस्तुर दाखिल गराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा
उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
श्रीमानको किरिया बसेकी श्रीमतीको निधन
श्रीमानको किरिया बसेकी श्रीमतीको निधन
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ