रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ २५, २०८२
|
|
२ पटक हेरिएको
Shares
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी

सारांश

  • २५ असार, काठमाडौं ।
  • कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ ।
  • बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

२५ असार, काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनु भयो ।

हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको बताउनु भयो । कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताउनु भयो । ृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले हाम्रो कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ ।

हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्छ । कृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ । आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ । आजको हाम्रो पुँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छाँ ।’मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?