बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
शनिबार, आषाढ २१, २०८२
|
|
२ पटक हेरिएको
Shares
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु

सारांश

  • २१ असार, नवलपरासी ।
  • पश्चिम नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
  • ​ पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने  १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।

२१ असार, नवलपरासी ।

पश्चिम नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।​ पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने  १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।

महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले राजभरद्वय चढेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । बसका चालक रामग्राम इमिलीटोल बस्ने ३१ वर्षीय सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?