एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४ पटक हेरिएको
Shares
एसईई रिजल्टपछि प्रधानमन्त्रीको टिप्पणी- हाम्रो मिहिनेत काम लाग्यो

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई नतिजा सुधार गर्न आफूहरुले गरेको मेहनत काम लागेको बताएका छन् ।
  • एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले यस्तो बताएका हुन्।
  • उनले एसर्ईई नतिजा गत वर्ष भन्दा सुधार भएको बताए ।

१३ असार, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई नतिजा सुधार गर्न आफूहरुले गरेको मेहनत काम लागेको बताएका छन् । एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले यस्तो बताएका हुन्। उनले एसर्ईई नतिजा गत वर्ष भन्दा सुधार भएको बताए । प्रधानमन्त्री ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बताए । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेको बताउँदै ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडमा परेको उल्लेख गरेका छन् ।

उनले बितेको वर्षमा नतिजा सुधार गर्न आफूहरुले गरेको मेहनत काम लागेको बताउँदै ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठानन्न आग्रह गरे ।उनले लेखेका छन्,’सबै भाइबहिनीहरूलाई बधाई १एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरुलाई हार्दिक बधाई १ यसवर्ष करिब ६१।८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७।८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२।१४ प्रतिशत परीक्षार्थी लयलभ नचबमभम रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ। सबै भाइबहिनीहरूलाई बधाई १’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?