स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
सारांश
- १० असार, मोरङ ।
- अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् ।
- बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो ।
१० असार, मोरङ ।
अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् । बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो । तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागी भएनन् । एमालेको अनुपस्थितीमा बजेट ल्याएको ग्रामथान गाउँपालिका– ३ का वडा अध्यक्ष रमेशकुमार भगतले जानकारी दिए । भगत माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने कुनै प्रतिकिया दिन मानेनन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया