तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी
सारांश
- ८ असार, काठमाडौं ।
- तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ ।
- नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।

८ असार, काठमाडौं ।
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ । नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।इन्टरनेट, फोनलगायतको केबलबाट आगलागी सुरु भएको हो ।

आगलागी दमकलको सहायतामा केही समयमै निभाइएको प्रहरीले जनाएको छ । आगलागीका कारण सिंहदरबार आसपास, माइतीघर र थापाथली क्षेत्रमा केहीबेर यातायात सञ्चालन अवरुद्ध भएको थियो । अव्यवस्थित तारका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बेला-बेलामा यस्ता घटना हुने गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया