म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : केसी

Raju Yadav Raju Yadav
|
शनिबार, आषाढ ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : केसी

सारांश

  • ७ असार, काठमाडौं ।
  •   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन्।
  • शनिबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए।

७ असार, काठमाडौं । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए। प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको केसीको जिकिर छ।

‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ, म त्यो दुवै संविधानसभामा छु,’ उनले भने, ‘केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो।’

केसीले थपे, ‘मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे। म किन हुने संघीयता विरोधी? नेपालमा संघीयता सम्भव छैन। यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो? यो गलत।’ सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक
पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर