बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

सारांश

  • ३ असार, काठमाडौं ।
  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  •   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङको दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन्।

३ असार, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङको दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन्।

पक्राउ मध्ये दीपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ र रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?