मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक

सारांश

  • २८ जेठ, काठमाडौं ।
  •   सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
  • गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

२८ जेठ, काठमाडौं । 

सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उक्त बैठकले नेपाल सरकारले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तहमा डा. केशर बहादुर ढकाल  र अतिरिक्त स्वास्थ्य सचिव पदमा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गरेको पनि उनले जानकारी गराए ।  यस्ता छन्,जेठ २६ गते मन्त्रिपरिषद् बैठकका निर्णयहरू १.असार ६ गतेसम्म इजरायलमा आयोजना हुने एक्सपो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । २.२०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

३.उद्योग, वाणिज्य तथा आपूर्ति २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल—चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।  ४.निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने । ५.नेपाली सेनाका एक जना महासेनानीको सरुवा गर्ने, एक जना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चार जना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एक जना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने । ६.प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

७.शान्तिनगर गाउँपालिका, दाङको केन्द्र वडा नं. ४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने । ८.महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट र परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने । ९.नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा। केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने । १०. कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको र लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने ।  ११.नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?