संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ २५, २०८२
|
|
२ पटक हेरिएको
Shares
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट

सारांश

  • २५ जेठ, काठमाडौं ।
  • प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूसँग असन्तुष्ट बनेका छन् ।
  • पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले असन्तुष्टि व्यक्त गरेका हुन् ।

२५ जेठ, काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दलहरूसँग असन्तुष्ट बनेका छन् । पटक-पटकको छलफलबाट पनि दलहरु संसदको अवरोध हटाउन सहमत नभएपछि सभामुख घिमिरले असन्तुष्टि व्यक्त गरेका हुन् । यही जेठ १५ गते बजेट भाषण भएपछि संसद बैठक बस्न सकेको छैन । त्यसयता प्रमुख प्रतिपछि दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र राजीनामा दिनु पर्ने भन्दै संसद अवरुद्ध गरेका छन् ।

प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुखले हरेक दिनजसो बैठक सारेर छलफल चलाएका छन् । तर, बैठकमा सत्ता र प्रतिपक्ष दुवैले अडान कायम राख्दा संसद बैठक अनिश्चित भइरहेको छ ।सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका श्याम घिमिरेसँग छलफल गरेका छन् । छलफलका क्रममा घिमिरेले निकास नदिएको भन्दै असन्तुष्टि जनाएको उनको सचिवालयले जनाएको छ ।

संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्नसमेत आग्रह गरे । बैठकमा माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए । सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो