आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले पीएसओ नपाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले पीएसओ नपाउने

सारांश

  • राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
  • राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।
  • बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए ।

२१ जेठ, काठमाडौं ।

राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।

मन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’ केही दिनअघि राप्रपा नेताहरु ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता भएको सो पार्टीकै नेताहरुले बताएका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयका अधिकृतहरुले राजावादीहरुको आन्दोलनको ब्रिफिङका लागि पीएसओलाई बोलाइएको बताएका थिए । तर अहिलेसम्म पीएसओ राप्रपाका नेताहरुमा पुनः खटिएका छैनन् ।

गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाउनुपरेको बताए । उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी पनि दिए ।

‘यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ,’ मन्त्री लेखकले भने, ‘संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो ।’ उनले थपे, ‘गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सर्लाही र सिराहामा करेन्ट लागेर दुई जनाको मृ*त्यु
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)