रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै

Raju Yadav Raju Yadav
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३ पटक हेरिएको
Shares
रामनदी घाट धार्मिक पर्यटकीय गन्तव्य बन्दै

सारांश

  •   ९ जेठ, स्याङ्जा ।
  • पाल्पा र स्याङ्जाको संगमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ।
  • धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरि जस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेकोे छ ।

 

९ जेठ, स्याङ्जा ।

पाल्पा र स्याङ्जाको संगमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ। धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरि जस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेकोे छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रुपमा परिचित हुन थालेको रामनदीधाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताए । दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बाग्लुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिकस्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ। कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रुपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रुपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ । स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदीधाममा २०१५ सालबाट नियमित घाटका रुपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको संख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको संख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ । शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएकोे र कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गरे । भरामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गरे । विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ । नगर प्रमुख भट्टराईले रामनदीधाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष २०८२/८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताए । रामनदीघाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार
प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार