जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ ८, २०८२
|
|
४ पटक हेरिएको
Shares
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या

सारांश

  • ८ जेठ, काठमाडौँ ।
  •   गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ ।
  • संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

८ जेठ, काठमाडौँ । 

गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो । हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् । प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ । संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । उहाँका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो । पछिल्लोपटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गर्नुभएको छ ।

संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिनुभयो । मन्त्रालयबाट स्वीकृत भएर आउने वित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ । यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा