‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

Raju Yadav Raju Yadav
|
मंगलबार, जेठ ६, २०८२
|
|
४ पटक हेरिएको
Shares
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

सारांश

  •   ६ जेठ ,काठमाडौँ  ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ ।
  • अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताउनुभयो ।

६ जेठ ,काठमाडौँ  ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ । अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताउनुभयो । माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उहाँले दिनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेका, गाउँगाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजनाको काम अझै रोकिएको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो । अध्यक्ष दाहालले जनताका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो । जाजरकोट भूकम्पबाट प्रभावित भएकालाई यथोचित राहत सहयोग उपलब्ध गराउन उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो । साथै उहाँले सङ्घीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै सङ्घीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि
कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन
कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने शिक्षा समितिको तयारी
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?