काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
१ पटक हेरिएको
Shares
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु

सारांश

  •   ३१ वैशाख, काठमाडौं ।
  •   काठमाडौं महानगरपालिका प्रहरीले राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु गरेको छ ।
  • कामपा प्रहरी बलको टोलीले हिजो बुधबारबाट मध्ये बानेश्वरको आइप्लेक्स कम्प्लेसबाट  हटाउन सुरु गरेको हो ।

 

३१ वैशाख, काठमाडौं । 

काठमाडौं महानगरपालिका प्रहरीले राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु गरेको छ । कामपा प्रहरी बलको टोलीले हिजो बुधबारबाट मध्ये बानेश्वरको आइप्लेक्स कम्प्लेसबाट  हटाउन सुरु गरेको हो । कामपाले जारी गरेको १४ बुँदे सर्त मध्ये केही पूरा नगरेको ठहर गर्दै सबै डिजिटल बोर्ड हटाउन सुरु गरेको हो।

कामपा प्रहरी बलका कामु प्रहरी प्रमुख राजु पाण्डेले हिजो मेयरको निर्देशन अनुसार बोर्ड हटाउन सुरु गरेको जानकारी दिए । भने- राजधानीको विभिन्न स्थानमा राखिएका र  रेकर्डमा भएका ४१ वटा बोर्ड छन् , सबै हटाउनेछौ । उनले १४ बुंदे  सर्त पूरा नगरेको कारण हटाउन सुरु गरेको बताए । कामपा राजश्व विभागले ९ वटा बोर्ड कम्पनीले  राजश्व तिरेर नियमसंगत रुपमा बोर्ड राखेका छन् । प्रहरीले ती बोर्डले पनि सर्त पालना नगरेको ठहर गर्दै हटाउन लागेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?