गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

सारांश

  •   ३१ वैशाखः काठमाडौँ  ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
  • सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।

३१ वैशाखः काठमाडौँ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।

“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । यसमा विवेक र तर्कले काम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरु विचलित हुनहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।”

एनआरएन महाधिवेशनमा यसअघि भएको अर्मादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उहाँले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गर्नुभयो । उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव