सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३ पटक हेरिएको
Shares
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

सारांश

  •   ३० वैशाख, काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा सवारी पास हुनेक्रममा गिरुवारी खोलाको पुल भासिएको छ ।
  • पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो ।
  • तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ ।

 

३० वैशाख, काठमाडौं –

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा सवारी पास हुनेक्रममा गिरुवारी खोलाको पुल भासिएको छ । पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो । तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ ।  प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ ।

तर, ठूला र धेरै लोड भएका गाडी भने बाटोमै रोकिएका छन् । यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो । यसैगरी बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा पनि सडक अवरुद्ध भएको छ । वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?