बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई

सारांश

  • २२ वैशख, सर्लाही ।
  • मधेस प्रदेश शिक्षा तथा संस्कुुती मन्त्रालय , जनकपुरधामको आयोजनामा तथा स्ट्रीट चाइल्ड नेपाल, हेम्पेल फाउन्डेशनको आर्थीक सहयोगमा ‘आधारभूत भाषिक तथा गणितीय सीप सम्बन्धी सम्मेलन’ सम्पन्न भएको छ।
  • सम्मेलन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा जनकपुरधामस्थित एक होटलमा सोमबार काक्रमा सम्पन्न भएको हो।

२२ वैशख, सर्लाही ।

मधेस प्रदेश शिक्षा तथा संस्कुुती मन्त्रालय , जनकपुरधामको आयोजनामा तथा स्ट्रीट चाइल्ड नेपाल, हेम्पेल फाउन्डेशनको आर्थीक सहयोगमा ‘आधारभूत भाषिक तथा गणितीय सीप सम्बन्धी सम्मेलन’ सम्पन्न भएको छ। सम्मेलन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा जनकपुरधामस्थित एक होटलमा सोमबार काक्रमा सम्पन्न भएको हो। सम्मेलनमा शिक्षा क्षेत्रका क्रियाशील संस्थाहरूको उल्लेखनीय सहभागिता थियो।, प्लान इन्टरनेशनल, आसमान नेपाल ,सेभ द चिल्ड्रेन र वल्र्ड भिजन नेपाललगायतका संस्थाहरूको सहकार्य रहेको थियो।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका प्रमुख वासुदेव वस्तीले मातृभाषामार्फत सिकाइ बालबालिकाको समग्र विकासमा महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले बालबालिकाले मातृभाषाबाट शिक्षा लिँदा उनीहरूको मानसिक र संज्ञानात्मक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो। विश्वका १० मध्ये ६ जना बालबालिकाले सामान्य पाठ पढ्न र बुझ्न सक्दैनन्। यो समस्या विशेषगरी गरिब र मध्यम आय भएका देशहरूमा गम्भीर रहेको उल्लेख छ। ती देशहरूमा १० मध्ये ७ जना बालबालिकाले १० वर्षको उमेरसम्म पनि राम्ररी पढ्न सक्दैनन् भन्ने तथ्य सार्वजनिक गरिएको छ।यस प्रदेशमा जम्मा हाल ४हजार ८सया छ बिधालय रहेको जानकारि प्रदान गरिएको छ । जस्मा सामुुदायिक (सावजनीक) ३ हजार ५०९ र निजी १हजार २९७ रहेको जानकारि प्रदान गरिएको छ । मधेश प्रदेशका सबै प्रकृतिका विद्यालयमा हाल २२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथ्यांक सार्वजनिक गरिएको छ। ईमिस –२०२३’ को विवरण अनुसार प्रदेशभरका विद्यालयहरूमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीको संख्या २२ लाख ६८ हजार ७७ जनामा पुगेको छ।

प्रदेशमा पूर्वबाल विकास केन्द्र मा २ लाख ६२ हजार ७७ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा १ देखि ५ सम्म ९ लाख ७६ हजार ६३२, कक्षा ६ देखि ८ सम्म ४ लाख ५० हजार ४३, कक्षा ९ र १० मा १ लाख ९५ हजार ४०० र कक्षा ११ र १२ मा १ लाख ८४ हजार ५२५ जना विद्यार्थी रहेका छन्। कार्यक्रममा विभिन्न जानकारिहरू प्रदान गरिएको थियो। शैक्षिक गुणस्तर केन्द्रका सञ्जिव कुमार चौधरीले आफ्नो प्रस्तुतीको क्रममा विभिन्न तथ्याङ्क प्रस्तुत गर्दै शिक्षकले विद्यार्थीलाई दिने समयको आधारमा उनीहरूको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने कुरा उल्लेख गर्नुभयो। त्यसैगरी, बालबालिकालाई परिवारले दिने समयको मात्राले पनि उनीहरूको सिकाइमा महत्वपूर्ण फरक पर्ने उहाँको भनाइ थियो। उहाँले हाल कक्षा ३ मा अध्ययनरत १० प्रतिशत बालबालिकाले कुनै पनि सबै अक्षरहरू स्पष्ट रूपमा उच्चारण गर्न नसक्ने तथ्य पनि प्रस्तुत गर्नुभयो। त्यसैले केवल संख्यात्मक वृद्धि नभई गुणस्तरीय शिक्षामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सम्मेलनमा भाषा र गणितका आधारभूत सीप विकासका विषयमा कार्यपत्र प्रस्तुत, छलफल तथा रणनीति निर्माण गरिएको थियो। साथै, विद्यालय तहमा गुणस्तरीय शिक्षा विस्तार, बालबालिकाको सिकाइ उपलब्धिमा सुधार, र परिणाममा आधारित शिक्षण प्रविधिबारे गहन बहस भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले सीप र शिक्षालाई आपसमा जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले “कमाउँदै पढ्दै“ कार्यक्रमलाई संस्थागत रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यसले बालबालिकाको शिक्षामा सुधार ल्याउन महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो। मन्त्री तिवारीका अनुसार यस्तो कार्यक्रमले विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षामा पहुँच दिलाउने र व्यावहारिक सीपमार्फत उनीहरूको क्षमता अभिवृद्धि गर्नेछ बताउनुु भयो ।

सोमवार संपन कायक्रममा मधेस प्रदेश शिक्षा तथा संस्कुुती मन्त्रालय निमीत सचीव दिलीप कुुमार ठाकुरको अधेयक्षेता तथा मधेस प्रदेश शिक्षा तथा संस्कुुती मन्त्राी रानी कुुमारी तिवारीको प्रमुुख आतीथेतामा संपन कायक्रममा नेपाल नगर पालीका माहा संङका मधेस प्रदेश अध्यक्षय प्रदिप कुुमार यादव , नेपाल गाँउ पालीका माहा संङका मधेस प्रदेश अध्यक्षय जवाहार लाल यादव ,प्रदेश निती तथा योजना आयोग मधेस प्रदेशका सस्दय डा.शिला बिश्र्र ,बिभीन पालीकाका प्रमुुख तथा शिक्षा शाखा प्रमुुख , स्ट्रीट चाइल्ड नेपाल नेपाल प्रमुुख क्षितीज बस्नेत , पाठयक्रम बिकास केन्द्र प्रमुुख बासुुदेव वस्ती , शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका देवि पराजुुली , शिक्षा गुुणस्तर परीक्षण केन्द्र संजिव कुुमार चैधरी , लायात सरेकार वालाको उपथीतीमा कायक्रमा संपन गरिएको छ ।

आयोजकका अनुसार यो सम्मेलनले नीति निर्माणकर्ता, शिक्षक र शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर बालबालिका शिक्षामा सुधारको विषयमा महत्वपूर्ण छलफलको अवसर प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ