दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख २१, २०८२
|
|
३ पटक हेरिएको
Shares
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै

सारांश

  •   २१ वैशाख, काठमाडौं ।
  • आइतबार राष्ट्रिय सभामा दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै छ ।
  • दिउँसो सवा १२ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

 

२१ वैशाख, काठमाडौं ।

आइतबार राष्ट्रिय सभामा दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै छ । दिउँसो सवा १२ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यसबाहेक सभामा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेवुल गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ