सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सारांश
- सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटलबाट प्रहरीले एक युवकलाई हतियारसहित पक्राउ गरेको छ।
- विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो।
- उनी सानो कटुवा पेस्तोल एकथान र सोही हतियारको एकथान गोलीसहित फेला परेका हुन्।

सर्लाही, २० बैशाख।
सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटलबाट प्रहरीले एक युवकलाई हतियारसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो।

उनी सानो कटुवा पेस्तोल एकथान र सोही हतियारको एकथान गोलीसहित फेला परेका हुन्। प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नारायणपुरदेखि करिब ३.५ किलोमिटर उत्तरपूर्वमा पर्छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



प्रतिक्रिया