गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा

सारांश

  •   १६ वैशाख, काठमाडौं ।
  • गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ ।
  • मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

 

१६ वैशाख, काठमाडौं ।

गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।  मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?