लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

सारांश

  •   १४ वैशाख, काठमाडौं ।
  •   नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् ।
  • प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले चुनौती दिँदै भने, “सहमहामन्त्री काङ्ग्रेसमा मात्रै भनिन्छ ।

 

१४ वैशाख, काठमाडौं । 

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले चुनौती दिँदै भने, “सहमहामन्त्री काङ्ग्रेसमा मात्रै भनिन्छ ।

त्यसैले काङ्ग्रेसलाई इङ्गित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ । कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो प्रमाणित गर्न आग्रह गर्दछु ।”  संसद्को रोष्ट्रमबाटै प्रमाणित गर्न उनले चुनौती दिए । अन्यथा शब्द फिर्ता लिएर क्षमयाचना गर्नुपर्ने घिमिरेको माग छ । गत शुक्रबार संसद् बैठककै लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?