मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

सारांश

  •   १४ वैशाख, बुटवल ।
  • गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
  • रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो ।

१४ वैशाख, बुटवल ।

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो ।

फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । गल्कोटले टिममा इरानी खेलाडीलाई मैदानमा उतारेको थियो । उपाधिसँगै गल्कोटले तीन लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाएको छ । यस्तै उपविजेता साग भलिबल एकेडेमी गुजरातले दुई  लाख ११ हजार १११ रुपैया नगद पुरस्कार पाएको छ ।

नेपालका तीन विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगितामा गत वर्षको उपाधि विजेता त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा चित्त बुझाउँदै एक लाख ११ हजार १११ रुपैयाँ तथा चौथो स्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघले ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार पाए । विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणआयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी,प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
पूर्वमन्त्री दीपक खड्का पक्राउ
पूर्वमन्त्री दीपक खड्का पक्राउ
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ : प्रचण्ड