आज भूकम्प स्मृति दिवस मनाइँदै

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
आज भूकम्प स्मृति दिवस मनाइँदै

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो ।
  • रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो ।

१२ वैशाख, काठमाडौं ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन अध्यादेश
प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन अध्यादेश
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी