दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी

सारांश

  •   कालीकोट ।
  •   कालीकोटको खाँडाचक्र नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेका छन् ।
  • झण्डै दुुई वर्षदेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्।

कालीकोट । 

कालीकोटको खाँडाचक्र नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेका छन् । झण्डै दुुई वर्षदेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्। नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा तालाबन्दी गरेपछि कार्यालयको सबै काम ठप्प छ।

१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका छन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको जानकारी दिए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन । उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् । पाण्डेले भने, ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’

तलब नपाएको भन्दै नगरपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि कार्यालय भित्र निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढा लगायत केही कर्मचारी समेत थुनिएका छन् । सर्वसाधारणको कामकाज नै ठप्प भएको छ । नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएका छन् । आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करार कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,