जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख ७, २०८२
|
|
३ पटक हेरिएको
Shares
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ

सारांश

  •   ७ वैशाख, जनकपुरधाम– जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
  •   उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।
  •   जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

७ वैशाख, जनकपुरधाम

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

ललितपुर प्रहरीमा उनीविरुद्ध  ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी बस्नेतले जानकारी दिए ।  यादवले आफ्नै साथीसँग विभिन्न प्रकारको लोभ देखाइ पैसा ठगी र विश्वासघात गरेको भन्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?