अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३ पटक हेरिएको
Shares
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

सारांश

  •   ३१ चैत, काठमाडौँ ।
  • शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् ।
  • निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

 

३१ चैत, काठमाडौँ ।

शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठूला साना संगठनले निजामती क्षेत्रका माग अविलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन ।

यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका हुन् ।  यसरी आन्दोलनको चेतावनी दिनमो नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन् । निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?