शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४ पटक हेरिएको
Shares
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन

सारांश

  •   २९ चैत, बुटवल ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन् ।
  • नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।

 

२९ चैत, बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन् । नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।

‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’ प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैन नढल्ने बताए । प्रधानमन्त्री ओलीले आफू र नेकपा एमालेलाई बद्नाम गर्न सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको दावी गर्दै त्यस्ता भ्रम तोड्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए ।

उनले सबै अफवाहहरूको जवाफ मिसन ८४ ले दिने दावी गरे । ‘अफवाह फैलाउन लेख्ने, प्रचार गर्ने, नक्कली भिडियो बनाउने, एआईको प्रयोग गरेर बद्नाम गर्ने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘अलोकप्रिय भयो भनेर कुप्रचार र हल्ला गरेका छन्, यी सबै विषयमा अहिले धेरै बोल्न चाहन्न, सबै कुराको जवाफ मिसन ८४ ले दिन्छौं ।’ प्रधानमन्त्री ओलीले संविधान बनेपछि देश विकासको मार्गमा अघि बढेको बताउँदै वर्तमान सरकार त्यसै मार्गलाई अझ तीव्र बनाउने दिशामा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?