पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
२ पटक हेरिएको
Shares
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   

सारांश

  • २७ चैत, बाँके ।
  •      बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ ।
  • नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माण भएपछि यतिबेला विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी देखिएका छन् ।

२७ चैत, बाँके ।    

बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ । नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माण भएपछि यतिबेला विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी देखिएका छन् । शौभाग्य शाह फाउण्डेसनले विद्यालय भवनमा जीर्ण भएको छानामा नयाँ जस्तापाताले पुनर्निर्माण गर्नुका साथै भवनमा रङरोगन गरिदिएपछि विद्यालयको मुहार नै फेरिएको प्रधानाध्यापक मानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार बर्खायाममा पानी चुहिएर पढ्न नमिल्ने अवस्थामा पुगेको विद्यालयको तीन भवनमा जस्तापाता फेर्नुका साथै भवन रङ्रोगन गरिएको हो । रङगरोगन पछि यतिबेला विद्यालय भवन तथा मुख्य प्रवेशद्वार आकर्षक देखिएका छन् ।

विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनिय रहेकाले फाउण्डेसनले सामाजिक कार्यअन्तर्गत विद्यालयलाई रु १३ लाख बराबरको भौतिक पूर्वाधार तथा खेल सामग्री सहयोग गरेको फाउण्डेसनका अध्यक्ष अनुपविक्रम शाहले बताउनुभयो । “रारा माध्यमिक विद्यालयको भवन भए पनि बर्खामा पानी चुहिएर पढ्नै नमिल्ने अवस्था थियो, तीन वटा भवनमा जस्तासहित सम्पूर्ण विद्यालय रङरोगन गरेर बच्चालाई पानी चुहिनबाट बचाउने काम गरेका छौँ, भलिबल र टेबल टेनिस कोर्ड तथा खेल सामग्री पनि सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो परिवारले दाईको सम्झनामा शौभाग्य शाह फाउण्डेसन स्थापना गरेर सामाजिक, स्वास्थ्य, वातावरण र शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ ।”


शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्व डा शौभाग्य शाहको १५ वर्षअघि हृदयाघातबाट निधन भएको थियो । स्व डा शाहको सम्झनामा परिवारले फाउण्डेसन स्थापना गरेर सामाजिक कार्य गर्दै आएको छ । वडा नम्बर १ का वडाध्यक्ष रुपबहादुर मल्लले शौभाग्य शाह फाउण्डेसनले विद्यालयलाई गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभयो । माध्यमिक तहको विद्यालय चलाउन अझै पनि समस्या भएकाले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन फाउण्डेसनलाई आग्रह गर्नुभयो । फाउण्डेसनले बाँकेको बैजनाथ–१ मै रहेको सूर्योदय मावि चिसापानीमा पनि कम्प्युटर, ल्यापटप, बास्केटबल र भलिबल कोर्ट, शुद्ध खानेपानी व्यवस्था, खेलकुद सामग्रीमा करिब रु १५ लाख बराबरको सहयोग गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा आज सार्वजनिक हुँदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली