विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

सारांश

  •   २५ चैत, काठमाडौं ।
  • नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयुसी)ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क बृद्धि गरिएकोप्रति आपत्ति जनाएको छ ।
  • सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण शुल्कमा एकैपटक तीन हजार रुपैयाँले वृद्धि गरेपछि ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो ।

२५ चैत, काठमाडौं ।

नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयुसी)ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क बृद्धि गरिएकोप्रति आपत्ति जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण शुल्कमा एकैपटक तीन हजार रुपैयाँले वृद्धि गरेपछि ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो ।

महासचिव अजयकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार पाँच सय रूपैयाँबाट एकै पटक नौ हजार पाँच सय रूपैयाँ बढाएकोप्रति आपत्ति जनाएका हुन् ।‘हाल करिब ४० लाखभन्दा बढी नेपालीहरू विभिन्न देशहरूमा कार्यरत छन् । त्यसमध्ये अधिकांश खाडी मुलुकहरू (कतार, साउदी अरब, यूएई, कुवेत), मलेसिया, जापान, दक्षिण कोरिया र भारतमा छन् । साथै केहि संख्यामा अमेरिका, युरोपेली देशहरू र अष्ट्रेलियामा पनि नेपालीहरु रोजगारको सिलसिलामा पुगेका छन् । प्रत्येक वर्ष करिव ५ लाख नेपाली वैदेशिक रोजगारीका लागि देश छोड्छन् ।

विदेशमा काम गर्ने नेपालीहरूले पठाएको रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २९ प्रतिशत हिस्सा ओगट्छ । उक्त रेमिट्यान्सले नै नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।अगाडि भनिएको छ,‘वैदेशिक रोजगारी लाखौं नेपालीको जीवन धान्ने आधार बनिरहेको भएता पनि स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्दछ भन्ने यस महासंघको धारणा रहेको छ । तथापि तत्कालै स्वदेशमा रोजगारी सिर्जना गर्ने विषय चूनौतीपुर्ण रहेकोले वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउन नेपाल सरकार लगायत सरोकारवाला निकायहरुसँग हातेमालो गरि अगाडी वढेको अवस्थामा मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको

प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क ६ हजार पाँच सय रूपैयाँबाट एकै पटक नौ हजार पाँच सय रूपैयाँ बढाएकोप्रति यस महासंघको घोर आपत्ति जनाउदै भत्र्सना गर्दछ । अतः बढाएको श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ ।’ यता, सरकारले श्रमिकको स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउने उद्देश्यसहित शुल्क समायोजन गरिएको जनाएको छ । मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई तयारी गर्न निर्देशन दिँदै सूचना समेत प्रकाशित गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमको साथ
सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमको साथ
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री
आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सन हुँदैन : प्रधानमन्त्री
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ