रविलाई भोलि विमान मार्फत भैरहवा लगिने

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
रविलाई भोलि विमान मार्फत भैरहवा लगिने

सारांश

  •   २२ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि मात्रै भैरहवा लगिने भएको छ ।
  • शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलि मात्रै भैरहवा लाने तयारी गरेको हो ।

 

२२ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि मात्रै भैरहवा लगिने भएको छ । शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलि मात्रै भैरहवा लाने तयारी गरेको हो । ‘भोलि विमान मार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बूढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?