गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित

सारांश

  •   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको छ ।
  •   यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
  • सामाजिक सुरक्षा कोषको बीएए ६७२४ र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको छ ।  यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

सामाजिक सुरक्षा कोषको बीएए ६७२४ र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए । गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने)सहित कर्मचारीलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ