नेप्से निरन्तर ओरालोतिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
३ पटक हेरिएको
Shares
नेप्से निरन्तर ओरालोतिर

सारांश

  • ६ चैत, काठमाडौँ ।
  •       शेयर बजारमा निरन्तर गिरावट आएको छ ।
  • यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ ।

६ चैत, काठमाडौँ ।     

शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा होटल तथा पर्यटन, म्युचल फण्ड र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् । होटल तथा पर्यटन शून्य दशमलव १०, म्युचल फन्ड शून्य दशमलव ०३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६० प्रतिशतले बढेको आजको बजारमा अरु सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ समूह शून्य दशमलव ५६, विकास बैंक शून्य दशमलव १३, वित्त एक दशमलव ५३, जलविद्युत् शून्य दशमलव ६७, लगानी शून्य दशमलव ४९ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव २० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २९ करोड ६७ लाख ३२ हजार ६८२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार छ सय २५ कित्ता शेयर किनबेच भएको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ