आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
२ पटक हेरिएको
Shares
आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • ५ चैत, काठमाडौं ।
  • आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

५ चैत, काठमाडौं ।

आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ । उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ । दिउँसो २ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
दसैँका लागि भदौ २९ गतेदेखि नयाँ नोट साटिने
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण
उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण
सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र
सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र