लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

सारांश

  •   २४ फागुन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लीलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
  • जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
  • रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरमा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका तेली गत स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा लोसपाबाट उम्मेदवार बनेका थिए।

 


२४ फागुन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लीलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरमा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका तेली गत स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा लोसपाबाट उम्मेदवार बनेका थिए। तर ३ हजार ३३२ मतसहित उनी दोस्रो स्थानमा रहे।

माओवादी प्रवेश गर्दै तेलीले कांग्रेस, एमाले पहिचानविरोधी भएको आरोप लगाए। मधेसवादी दल अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू यसमा प्रवेश गरेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?