सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२ पटक हेरिएको
Shares
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी

सारांश

  •   १८ फागुन, काठमाडौं ।
  • सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको *प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ ।
  • आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

 

१८ फागुन, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको *प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले   भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’ हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?