लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

सारांश

  •   ३ फागुन,  काठमाण्डौ – लेबनानको राजधानी बेरुत नजिक युनिफिल मिसनमा रहेका शान्ति सेनामाथि आक्रमण भएको छ ।
  • शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी चढेका गाडीमा उत्तेजित भीडले आक्रमण गरेका नेपाली सेनाले जनाएको छ ।
  • सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो ।

 

३ फागुन,  काठमाण्डौ – लेबनानको राजधानी बेरुत नजिक युनिफिल मिसनमा रहेका शान्ति सेनामाथि आक्रमण भएको छ । शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी चढेका गाडीमा उत्तेजित भीडले आक्रमण गरेका नेपाली सेनाले जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो ।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घले लेबनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?