अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन

Raju Yadav Raju Yadav
|
बुधबार, माघ ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन

सारांश

  •   ३० माघ,  नयाँ दिल्ली ।
  • अयोध्यास्थित राम जन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ ।
  • बुधबार बिहान ७ः१५ बजे दासको निधन भएको हो ।

३० माघ,  नयाँ दिल्ली । अयोध्यास्थित राम जन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । बुधबार बिहान ७ः१५ बजे दासको निधन भएको हो ।  ८५ वर्षीय महन्त दासलाई फेब्रुअरी ३ मा ब्रेन स्ट्रोक भएको थियो । यसपछि, उनलाई लखनऊको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो । गत हप्ता मात्र, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।

‘भगवान रामका परम भक्त तथा श्री राम जन्मभूमि मन्दिर, श्री अयोध्या धामका मुख्य पुजारी आचार्य श्री सत्येन्द्र कुमार दास जी महाराजको निधन अत्यन्तै दुःखद र आध्यात्मिक जगतको लागि अपूरणीय क्षति हो ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्विटरमा लेखेका छन् ।  १९९२ को डिसेम्बर ६ मा बाबरी मस्जिद भत्काइँदा सत्येन्द्र दास मन्दिरका पुजारी थिए । मस्जिद भत्काउनुअघि महन्त दासले मूर्तिहरूलाई नजिकैको मन्दिरमा सारेका थिए । मस्जिद भत्काइएपछि उनले त्यहाँ बनाइएको अस्थायी मन्दिरमा मूर्ति राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु