सुनको मूल्य तोलामा ९०० ले घट्यो

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
सुनको मूल्य तोलामा ९०० ले घट्यो

सारांश

  •   १५ माघ,  काठमाडौं ।
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ ।
  • सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

१५ माघ,  काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँ कायम छ ।

सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?