सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

Raju Yadav Raju Yadav
|
मंगलबार, माघ ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर

सारांश

  •   ८ माघ, काठमाडौं ।
  • बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
  • सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् ।

 

८ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।

यसअघि करिना कपुर पति सैफ अली खान डिस्चार्ज हुनुअघि नै अस्पताल पुगेकी थिइन् । करीना कपुरले सेतो रंगको टी–सर्ट लगाएकी थिइन् । ५ दिनपछि उनका श्रीमान् सैफ अस्पतालबाट डिस्चार्ज हुने उनको अनुहारमा राहतको भाव थियो ।  चिकित्सकहरुका अनुसार सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?