धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

Raju Yadav Raju Yadav
|
आइतबार, माघ ६, २०८१
|
|
२ पटक हेरिएको
Shares
धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

सारांश

  •   ६ माघ,  काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ।
  • प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो।
  • आइतबार वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए।

 

६ माघ,  काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ। प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो। आइतबार वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए। लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ। महानगरको वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणको भनाई छ। आइतबार चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए। त्यहाँ रहेका विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?