आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै

Raju Yadav Raju Yadav
|
शनिबार, माघ ५, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ५ माघ, काठमाडौं ।
  • आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ ।
  • प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।

 

५ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।

नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् । नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । ऐतिहासिक विश्‍वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्‍वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।

विश्‍वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन् । ‘हामी एसिया कपमा हारेको बदला लिन चाहन्छौं, अनि मिडियामा भन्नु छ कि जित मीठो होला तर बदला अझै स्वादिष्ट हुन्छ।’ शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ । यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ । ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ । त्यसकारण बलरहरू हावी बन्न सक्छन् ।

आजका खेलहरू :  इंग्ल्याण्ड यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५ अस्ट्रेलिया यू-१९ महिला भर्सेस् स्कटल्याण्ड यू-१९ महिला : विहान ८:१५ सामोआ यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५ बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५ पाकिस्तान यू-१९ महिला भर्सेस् अमेरिका यू-१९ महिला : दिउँसो १२:१५ दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् न्युजिल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत