एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ
सारांश
- १ माघ, काठमाडौं ।
- नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
- बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।
१ माघ, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीकाअनुसार सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ ।
उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया