गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु

Raju Yadav Raju Yadav
|
बुधबार, पौष २४, २०८१
|
|
३ पटक हेरिएको
Shares
गायक उदित नारायणको घरमा आगलागी, एकको मृत्यु

सारांश

  •   २४ पुस, मुम्बई– लोकप्रिय गायक उदित नारायण झाको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको समाचार सार्वजनिक भएको छ ।
  • भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार मंगलवार साँझ उनको ११औं तल्लामा रहेको अपार्टमेन्टमा अचानक आगलागी हुन थालेको थियो, जसका कारण एक जना व्यक्तिको निधन भएको तथा अन्य केही गम्भिर घाइते भएको बताइएको छ ।
  • यो घटना मुम्बईको अन्धेरी वेस्टस्थित शास्त्री नगरको स्काईप्यान अपार्टमेन्टमा भएको हो ।

२४ पुस, मुम्बई– लोकप्रिय गायक उदित नारायण झाको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार मंगलवार साँझ उनको ११औं तल्लामा रहेको अपार्टमेन्टमा अचानक आगलागी हुन थालेको थियो, जसका कारण एक जना व्यक्तिको निधन भएको तथा अन्य केही गम्भिर घाइते भएको बताइएको छ ।

यो घटना मुम्बईको अन्धेरी वेस्टस्थित शास्त्री नगरको स्काईप्यान अपार्टमेन्टमा भएको हो । आगोका कारण करिव ७५ वर्षका राहुल मिश्राको निधन भएको बताइएको छ, जो उदित नारायणका छिमेकी थिए । घटनामा राहुलका आफन्त रौनक मिश्रालाई गम्भिर घाइते भएका छन् ।
समाचारमा जनाएए अनुसार आगलागको कारण एउटा बलिरहेको दीयालाई मानिएको छ, जसबाट पर्दामा आगो लागेको थियो र त्यहाँबाट आगो फैलिन थाल्यो । घटनापछि राहुलकी श्रीमतीले सहयोगका लागि कराउन थालेकी थिइन् । उनलाई सहयोग गर्नका लागि सुरक्षा गार्ड दौर्डि, तर त्यतिबेला सम्म आगो निकै फैलिसकेको थियो ।

घटनालगत्तै दमकलकर्मीहरुले आगो नियन्त्रणमा लिनका लागि प्रयास थालेका थिए । राति करिव ११ः४५ बजेमात्र आगोमाथि नियन्त्रण प्राप्त भएको थियो, तर त्यो बेलासम्म धातु तथा काँचका टुक्रा जमीनमा झरिसकेका थिए । यो घटनाले उक्त भवनमा जाने बाटो नै अवरोध भएको थियो भने बिद्युतको आपूर्ति पनि बन्द गरिएको थियो । यो घटनामा उदित नारायण झा तथा उनको परिवार पूर्ण रुपले सुरक्षित रहेको छ ।यसअघि गत पुस १० गतेका दिन बलिउडकै अर्का गायक शानको बान्द्रास्थित फर्च्यून एन्क्लेभ बिल्डिङमा पनि आगो लागेको थियो, जसका कारण ठूलो क्षति भएको थियो । शान तथा उनको परिवारलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

यो घटनापछि घरमा दीयो बाल्दा निकै सावधानी अपनाउनु पर्ने देखिएको छ । जाडो मौसममा न्यायो हुनका लागि प्रयोग गरिने हिटर लगायत अन्य विद्युतीय सामग्रीहरुसमेत आगलागीको कारण बन्न सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने
सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने