चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?

Raju Yadav Raju Yadav
|
बुधबार, पौष २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?

सारांश

  •   २४ पुस, काठमाडौं ।
  • चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
  • ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् ।

२४ पुस, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् । ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब एक सय जना नेपाली व्यवसायीहरु छन् । तर उनीहरु सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बीबीसी नेपालीसँग भनेका छन्– भूकम्प जानेबित्तिकै हाम्रा नेपाली समुदाय र यहाँका निकायहरूसँग सम्पर्क गर्‍यौं । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही भएको छैन । नेपाली महावाणिज्य दूतावास रहेको ल्हासामा पनि केही असर नपरेको उनले बताएका छन् । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो ।

राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्याना कपडा सुनिश्चित गर्न आवश्यक छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै