प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली

Raju Yadav Raju Yadav
|
आइतबार, पौष २१, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २१ पुस,  काठमाडौं ।
  • सत्तारुढ नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेको छ ।
  • च्यासलमा जारी केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

 

२१ पुस,  काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेको छ । च्यासलमा जारी केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

एमालेले माओवादी नेतृत्वको सरकारले ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्व सभामुख महरालाई जोगाएको दाबी गरेको छ । ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन । बरु आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्व सभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र

सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् । त्यसैले गर्न खोजिएको दाबी झूठा र अर्थहीन छ ।’ वर्तमान सरकार र एमाले–कांग्रेसको साझा निष्कर्ष भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु नहुने प्रतिवेदनमा उल्लेख छ । जुन औंलामा विष लागेको छ, त्यही औंला झर्ने भएकाले विषाक्त औंलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन नसकिने एमालेको तर्क छ । ‘जहाँसम्म नेकपा (एमाले), वर्तमान सरकार र दुबै पार्टीको साझा निष्कर्ष हो–भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु हुँदैन । यस्ता विषयलाई ताकीताकी हान्ने जस्तो विषय बनाइनु हुँदैन। यस सम्बन्धमा राज्यका निकायहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिइनु पर्छ ।

राज्यका ती निकायको काममा राजनीतिक पार्टीहरू र सम्बद्ध व्यक्तिले सहयोग पुर्‍याउनु पर्छ ।’ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले प्रतिवेदनमार्फत भनेका छन्, आफ्ना विरुद्ध उठेका जुनसुकै प्रश्नको पनि जवाफ दिने र आफू विरुद्ध लागेको अभियोगबाट सफाइ लिने दायित्व सम्बन्धित व्यक्तिकै हो । जुन औँलामा विष लागेको छ, त्यही औँला झर्ने हो । विषाक्त औंलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन सकिँदैन। हामीले यही गर्दै आएका छौँ र भोलि पनि यही गर्नेछौं । त्यसैले फाइलवाला फण्डा फगत स्टण्टबाजी भन्दा बढी केही पनि होइन ।’

राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको उल्लेख छ । सत्ता समीकरण फेरबदलको पूर्व सन्धामा बसेको केन्द्रीय कमिटीको सातौं बैठकपछि फेरी नयाँ सत्ता समीकरण फेरियो । स्थिरताको लागि भएको यस राजनीतिक घटनापछि स्थानीय तहका केही स्थानमा उपनिर्वाचन समेत सम्पन्न भयो ।’ प्रतिवेदनमा भनिएको छ, ‘दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधाकिारिकता (लिगालिटी-अथोरिटी) दुवै हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी