प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता

सारांश

  • ९ पुस, काठमाडौं ।
  •   नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

९ पुस, काठमाडौं । 

नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुुई पक्षीय सम्बन्ध सहित व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन लगायतबारे छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले पहल गरिरहेको समेत बताए । प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको बताए । राजदूत हस्मीले पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?