अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल

Raju Yadav Raju Yadav
|
मंगलबार, पौष २, २०८१
|
|
२ पटक हेरिएको
Shares
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल

सारांश

  •   २ पुस,  भारतका अर्बपतिहरू मुकेश अम्बानी र गौतम अदानीको सम्पत्ति एक सय अर्ब डलरभन्दा तल झरेको छ।
  • रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी र अदानी समूहका संस्थापक अदानीको कूल सम्पत्तिमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ।
  • गत जुलाइमा मुकेश अम्बानीको कुल सम्पत्ति १२० अर्ब डलर माथि पुगेको थियो।

 

२ पुस,  भारतका अर्बपतिहरू मुकेश अम्बानी र गौतम अदानीको सम्पत्ति एक सय अर्ब डलरभन्दा तल झरेको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी र अदानी समूहका संस्थापक अदानीको कूल सम्पत्तिमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ। गत जुलाइमा मुकेश अम्बानीको कुल सम्पत्ति १२० अर्ब डलर माथि पुगेको थियो।

त्यतिबेला उनका छोरा अनन्तको भव्य रूपमा विवाह गरिएको थियो। विवाहमा विश्व कै चर्चित हस्ती तथा सबैभन्दा खर्चिलो भएको भन्दै चर्चामा आएको थियो। तर डिसेम्बर १३ सम्म आइपुग्दा अम्बानीको सम्पत्ति झरेर ९६ अर्ब डलरमा पुगेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको हो।पछिल्ला केही महिनामा रिलायन्सको ऊर्जा तथा अन्य क्षेत्रको व्यापारमा कमजोर प्रदर्शन भएकाले व्यवसायी घटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। लगानीकर्ताहरूले पनि कम्पनीको बढ्दो ऋणबारे प्रश्न समेत उठाएका छन्। जसले गर्दा रिलायन्सको सेयरमा समेत असर परेको छ।

कच्चा तेल प्रशोधनबाट हुने आम्दानीमा गिरावट, चिनियाँ सामग्रीको आयातले प्रतिस्पर्धा बढाएको र उपभोक्ताले सामानहरू कम प्रयोग गर्दा कुल सम्पत्तिमा असर परेको भारतीय दैनिक द टाइम्स अफ इन्डियाले जनाएको छ। उनले आफ्नो व्यवसायलाई डिजिटल क्षेत्र, ऊर्जा र ब्रान्ड उत्पादनका क्षेत्रमा विस्तार गर्ने प्रयास गरिरहेका छन्। जहाँ ठूलो प्रतिस्पर्धाको बजार रहेको समाचारमा उल्लेख छ। त्यस्तै विश्वकै सबैभन्दा दोस्रो धनी व्यक्ति बनिसकेका उद्योगपति गौतम अदानीको पनि पछिल्लो समय सम्पत्ति घट्दो अवस्थामा छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुनमा उनको कूल सम्पत्ति १२२ अर्ब डलर थियो। डिसेम्बरमा आइपुग्दा उनको सम्पत्ति पनि ८२ अर्ब डलरमा पुगेको हो।

मंसिर ५ गते अमेरिकाको धितोपत्र आयोग र न्यायाधीवक्ता कार्यालयले अदानीलाई घुसखोरीको अभियोग लगाएको थियो। सौर्य ऊर्जाको ठेक्का पाउनका लागि भारतका सरकारी अधिकारीलाई २५ करोड डलर भन्दा धेरै घुस खुवाउने प्रस्ताव गरेको अभियोग लगाएको थियो। यही अभियोगका कारण उनको सम्पत्तिमा ठूलो क्षति पुगेको देखिन्छ। अभियोग लागेको केही घण्टामै पनि उनको सम्पत्ति १५ अर्ब डलरभन्दा धेरैले घटेको भनेर ब्लुमबर्गले लेखेको थियो। अदानी समूहको बजार मूल्य भने ३० अर्ब डलरभन्दा बढीले खसेको थियो। अमेरिकी बजारसँग सम्बन्ध भए अमेरिकी कानुनले उसलाई विदेशका भ्रष्टाचार मामलाको पनि छानबिन गर्ने अधिकार दिन्छ।

अदानीले घुस खुवाएर ठेक्का जितेर अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको हो। सन् २०२० देखि २०२४ सम्मको भएको सो भ्रष्टाचार काण्डमा अदानी समूहका प्रमुख गौतम अदानी सहित उनका भतिजा सागर अदानी, अदानी पावरका प्रमुख कार्यकारी अधिकृत विनीत जैन, अज्युर पावर ग्लोबल लिमिटेडका सिरिल कबानेज, न्यु योर्क स्टक एक्सचेन्जमा दर्ता भएको नवीकरणीय उर्जा सम्बन्धी कम्पनीका पूर्व कार्यकारी रन्जित गुप्ता र रुपेश अग्रवाल, र क्यानेडियन संस्थागत लगानीकर्ता कम्पनीका पूर्व कर्मचारी सौरभ अग्रवाल र दिपक मलहोत्रालाई अमेरिकाले अभियोग लगाएको थियो। सो ५४-पाने अभियोगपत्रले उनीहरूलाई भ्रष्टाचार गरेको सरकारी छानबिनमा अवरोध गरेको समेत आरोप लगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी