स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन

सारांश

  •   २९ मंसिर,  काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्मा२९ मंसिर, ण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गरेका छन् ।
  • प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।
  • उद्घाटन कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी थिए ।

 

२९ मंसिर,  काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्मा२९ मंसिर, ण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गरेका छन् । प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी थिए । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए ।  प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ ।

त्यस्तै दुई जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहे पनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?